भीम रावलसहित तीनजनालाई ओली समूहको कारबाही

Bhim_Rawal
  • 56
    Shares
लोकपाटी न्यूज

धनगढी। नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावल सहितका ३ जना नेतामाथि कारवाही गर्न सिफारिस गरिएको छ। ओली पक्षको सुदूरपश्चिम प्रदेश कमिटीले रावल, सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारबाही गर्न सिफारिस गरेको हो।

रावलले बैंक खातामा भएको ३० लाख रुपैयाँ गायब पारेर आर्थिक अनियमितता गरेकाले पार्टीको विधान बमोजिम कारवाही गर्न सिफारिस गरिएको बताइएको छ। आर्थिक अनियमितता गरेकाले उनीहरुलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको नेकपा ओली समूहका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले बताए।

उनीहरुले पार्टी आचरणविरुद्ध काम गरी आर्थिक अनियमितता गरेको भन्दै कारबाही गर्न सिफारिस गरेको अध्यक्ष थापाले बताए। यसअघि पुस १७ गते धनगढीमै सम्पन्न प्रचण्ड–माधव पक्षको प्रदेश कमिटी बैठकले नेकपाका अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई आचरणविपरीत काम गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्