सिटिजन्स बैंकले तिनाउ मिसनलाई गाभ्न बोलायो एजीएम

  • 29
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंकले विशेष साधारणसभा डाकेको छ। तिनाउ मिसनले पनि सिटिजन्स बैंकसँग बिलय हुन साधारणसभा डाकेको छ। दुबै संस्थाले माघ १५ गते विशेष साधारणसभा डाकेका हुन्। साधारणसभाबाट पारितपछि दुबै संस्था अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जाने छन्। त्यसपछि औपचारिक विलय हुने छ।

दुवै बैंकले गत कात्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए। पुस २२ गतेसम्मको तथ्यांकका आधारमा एक्वायरपछि सिटिजन्स बैंकको निक्षेप करिब १ खर्ब २४ अर्ब पुग्नेछ भने ऋण १ खर्ब २ करोड पुग्नेछ। बैंकको शाखा १ सय ६३ हुनेछ। सहमतिपछि तिनाउका सेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६कित्ता शेयर पाउनेछन्। बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त बैंकसंग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सिटिजन्स बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

दुवै बैंकले आ—आफ्नो विशेष÷साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिनेछ । दुवै बैंकले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेको थियो ।