काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य बढ्ने क्रममा ब्रेक लाग्दै एकैदिन तोलामा १३ सय रुपैयाँले सस्तिएको छ । यससँगै बिहीबार सुनको कारोबार मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ३३० रुपैयाँमा झरेको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९१६.९९ डलर र चाँदी प्रतिऔंस २७.०२ डलरमा कारोबार भएको छ।