सिन्धुपाल्चोक। उपप्रधानमन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई सिन्धुपाल्चोकमा कालो झन्डा देखाइएको छ। जिल्लाका युवा संघ र अनेरास्ववियुका युवा नेताहरूले मन्त्रीद्वयलाई सिन्धुपाल्चोकमा कालो झन्डा देखाएका हुन्।
बिहीबार सिन्धुपाल्चोकको खाँडीचौरमा आयोजित ओली समूहको अगुवा कार्यकर्ता भेलामा जानेक्रममा उपप्रधानमन्त्री पोखरेल र खेलकुद मन्त्री तामाङलाई कालो झन्डा देखाएका हो।
अनेरास्ववियूको केन्द्रीय सर्कुलरअनुसार कार्यक्रम गरिएको अनेरास्ववियूका जिल्ला संयोजक मिलन तामाङले जानकारी दिए। जिल्लाका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र युवा सङ्घका गरी करिब ५० जना नेताको उपस्थिति थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाकै नेता तथा भ्रातृ सङ्गठनका नेता कार्यकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेका छन्।