म छुट्टै संगठनात्मक संरचना बनाउने पक्षमा छुः वामदेव गौतम

Bamdev_Gautam
  • 153
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन्। आफू विरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिएर पार्टी एकता रक्षा गर्ने अवसर गुमाएको गौतमले बताए।

गौतमले आफू भएको भए अविश्वास प्रस्ताव आएपछि पार्टी जोगाउन प्रधानमन्त्रीबाट राजीनामा दिने थिएँ भने। पार्टीका नेताहरूले अविश्वास प्रस्ताव र प्रतिनिधिसभा विघटन दुबैबारे आफूलाई थाहा नदिएको गुनासो गरे। राष्ट्रियसभा बैठकमा उनले भने, ‘मैल अविश्वासको प्रस्तावको माध्यमबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने काम होला भन्ने मैले सोचेको थिइन।’

गौतमले अगाडि भनेका छन्, ‘प्रतिनिधिसभा भंग गर्दा, म कम्युनिस्ट आन्दोलनको अगुवा, नेकपा एमालेभित्र सबैभन्दा बढी सङ्गठन निर्माण गर्नेमा म पर्छु होला, तर, उहाँले सोध्नु भएन। मलाई थाहा थिएन।’ उनले नेकपा विभाजनको कुनै औचित्य नभएको पनि बताए।

‘पार्टी विभाजनको कुनै औचित्य छैन’ उनले भने, ‘म एकतापछि सचिवालयको सदस्यका नाताले मैले धेरै विषय उठाएँ, नेताहरूका कार्यशैलीका सुधारका निम्ति पनि मैले धेरे अनुरोध गरेँ तर सुधार हुन सकेन, म विभिन्न कारणले विरोधीजस्तो भएर प्रकट भए।’

उनले आफू एकताको पक्षमा रहेको पनि बताएका छन्। उनले आफ्नो अहिलेको लडाइ एकताका लागि भएको बताए। तर एक्लै पार्टी एकता कायम गराउन नसक्ने हो कि भन्ने चिन्ता रहेको पनि बताए। उनले भने, ‘दुवै पक्षमा मैले कमजोरी देखेको छु। तर पनि एकताका निम्ति लामो प्रयत्न गरेको छु। फेरि पनि एकता गराउन सकिन्छ कि भनेर आफूलाई लगाइरहेको छु। उनले भने, ‘एकलै एकताको माहौल बनाउन सकिन्न की भनेर संगठनात्मक संरचना बनाएर जाने पक्षमा छु। एकता अपरिहार्य छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्