तानाशाह चुनावको मिति तोकेर जनतामाझ जाँदैनः भट्टराई

Khimlal_bhattarai
  • 151
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले कुनैपनि तानाशाह र निरंकुश शासक चुनावको तिथिमिति तोकेर जनतामाझ नजाने बताएका छन्। उनले निरंकुशता, अधिनायकवाद र तानाशाहतर्फको यात्रामा प्रधानमन्त्री ओली रहेको भन्नु पूर्वाग्रहपूर्ण दृष्टिकोण रहेको बताए। राष्ट्रियसभा बैठकको विशेष समयमा भट्टराईले प्रतिनिधिसभाको विघटन रहर र लहडले नगरिएको समेत बताए।

उनले भने, ‘प्रधानमन्त्रीबाट गरिएको प्रतिनिधिसभाको बिघटन र चुनाबको तीथिमितीको घोषणालाई लिएर समाजमा विभिन्न ढङ्गले बहस र विश्लेषण गर्ने गरिएको छ। बहस, विश्लेषण गरिनु स्वभाविक हो। मुलुको समग्र राजनीतिक र राजनीतिका अंग प्रत्यंगहरु यसबाट तरंगीत भएका छन्। तर कतिपय पार्टी, व्यक्ति र समुहहरुले प्रधानमन्त्रीको यस कदमलाई निरंकुश, अधिनायकवाद र तानाशाही तर्फको यात्राको रुपमा अथ्र्याउने र जनतालाई भ्रमित गर्ने कोशिश गरेको देखिन्छ। यो आग्रहपूर्ण दृष्टिकोण हो। कुनैपनि तानाशाह र निरंकुश शासक चुनावको तिथिमिति तोकेर जनताको माझमा जाँदैन।’

उनले नेपालको राजनीतिक इतिहासमा दलीय प्रवृत्तिको पुनरावृत्ति भएको बताएका छन्। उनले प्रधानमन्त्री ओलीको शक्तिशाली सरकारविरुद्ध बन्चरो चलाउने काम भएको दाबी गरे। भट्टराईले आज केपी ओली र कुनै बेला विपी कोइरालाले यस्तै समस्या भोगेको उल्लेख गरे। उनले भने, ‘यो रहर र लहडले होइन। भारी मनले गरेको काम काम हो। पार्टीभित्रैबाट काम गर्न दिइएन। आफ्नै नेतृत्वविरुद्ध विरोध गरेर आनन्द लिइयो। अवरोध गरियो, किचकिच गरियो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्