वैशाखमा चुनाव कदापि हुँदैन : रामनारायण बिडारी

Ramnarayan Bidari
  • 237
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले लहड र मुख्र्याइँका कारण प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले संसदमा अविश्वासको प्रस्ताव ल्याउने अधिकार भएको बताए। उनले प्रधानमन्त्री ओलीले जनतादेशको कुरा गर्नु पनि उचित नभएको बताएका छन्।

बिडारीले वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने बताए। ‘वैशाखमा एक हुन्न, दुई हुन्न, तीन हुन्न,’ उनले भने, ‘चुनाव कदापि हुँदैन।’

बिडारीले बेलायत, क्यानडा, पोर्चुगल, फ्रान्स लगायतका देशको उदाहरण दिँदै संसद विघटन संविधान विरोधी भएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्