काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका चार कम्पनीको लिलामी शेयर आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैकिङ समयसम्म रहेको छ । उक्त कम्पनीले नागरिक लगानी कोषको ३ लाख २ हजार ५६० कित्ता,नेशनल लाइफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता , सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ३७४ कित्ता र एशियन लाइफ इन्स्योरेन्सको १ लाख ३० हजार २९० कित्ता शेयर पुस १९ गतेदेखि विक्री ल्याएको हो ।
कोषको शेयरमा न्यूनतम शेयर मूल्य रू.१ हजार ७१५, नेशलन लाइफ इन्स्योरेन्सको रू.५५०, एशियन लाइफ इन्स्योरेन्सको रू. ४६९ र सूर्या लाइफ इन्स्योरेन्सको रू.३३७ तोेकिएको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आवेदकले विक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कार्यालय ट्रेड टावर,थापाथली तथा विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयहरुबाट बोलपत्र पेश गर्न सक्नेछन् ।