कुलमानको बहिर्गमनसंगै जेनेरेटर र ब्याट्र्रीको आयाल ३ सय प्रतिशतले बढ्यो

  • 21
    Shares
लाेकपाटी न्यूज

गत भाद्रमा कुलमानको विदुयुत् प्राधिकरणबाट बहिर्गमन र त्यसपछि अनियमित विजुली जाने क्रम बढेसंगै इन्भर्टर र जेनेरेटरको माग उच्च भएको छ। इन्भर्टर तथा जेनेरेटरको माग बढेसँगै यसको आयातमा पनि वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको हो ।

अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो । यो अवधिमा ब्याट्रीको आयात पनि ७७ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै जेनेरेटर ब्याट्रीको आयातमा वृद्धि भएको तथ्यांकले देखाउँछ । व्यापारीहरुका अनुसार जेनेरेटर माग पनि ह्वात्तै बढेको छ ।
आर्थिक वर्ष २०७६/७७ को पाँच महिनाको अवधिमा १५४ थान जेनेरेटर आयात भएको थियो । तर, चालु आवको सोही अवधिमा २२७ जेनेरेटर आयात भएको छ । जुन गत वर्षको तुलनामा ७३ थान बढी हो । त्यस्तै आव २०७४/७५ मा २० हजार ८ सय १४ थान आयात भएकोमा लोडसेडिङ ठप्प भएसँगै उक्त संख्या घटेर २४ सय ५ मा झरेको थियो ।

यस्तै, आव २०७४/७५ बाट ब्याट्रीको आयात निरन्तर बढेको देखिन्छ । उक्त वर्षको पाँच महिनाको अवधिमा १ लाख ६ हजार ८ थान ब्याट्री आयात भएकोमा आव २०७५/७६ मा बढेर २ लाख २९ हजार २ सय ३८ ब्याट्री आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । तर, २०७६/७७ मा भने घटेर १ लाख ७७ हजार ९ सय ७० ब्याट्री आयात भएको थियो । तर, चालु आवको पाँच महिनामा भने ह्वात्तै बढेर ३ लाख १५ हजार ५ सय ९८ आयात भएको तथ्याङ्कले उल्लेख गरेको छ । जुन विगत तीन वर्षको तुलनामा हालसम्मकै सबैभन्दा बढी आयात भएको छ ।

त्यसैगरी, आव २०७४/७५ देखि इन्भर्टरको आयात भने निरन्तर घटेको देखिन्छ । उक्त आवको पाँच महिनाको अवधिमा २१ हजार ७ सय ५४ थान इन्भर्टर आयात भएको थियो । सोही अवधिमा उक्त संख्या निरन्तर घटेर २०७५/७६ मा ५६, २०७६/७७ मा ५० र चालु आवमा २९ इन्भर्टर आयात भएको छ ।

तर नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालगायत देशका कुनै पनि स्थानमा घोषित वा अघोािषतरूपमा विद्युत्भार कटौती नभएको पुनः दोहो¥याएको छ । प्राधिकरणले प्राविधिक समस्याका कारण एकाध मिनेट वा केही घण्टा कहीँकतै बिजुली काटिएको भए पनि त्यसलाई लोडसेडिङको रूपमा नबुझ्न पुनः आग्रह गरेको छ। केही समयदेखि अघोषितरूपमा बिजुली काटिन थालेपछि प्राधिकरणले पटक–पटक लाेडसेडिङ नभएकाे बताउदै आएकाे छ।

 विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेशन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत् छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको समेत प्राधिकरणले दाबी गरेको छ । जाडोको समयमा बढी विद्युत् माग हुँदा त्यसबाट पर्ने प्रभावलाई कम गर्नसमेत वितरण प्रणालीमा सुधार तथा अन्य सबै प्रकारका उपायको अवलम्बन गरेको दाबी गर्दै प्राधिकरणले कुनै पनि स्थानमा समस्या देखिएको खण्डमा त्यसलाई निराकरणका लागि आम उपभोक्ताको सक्रिय साथ तथा सहयोगको अपेक्षा गरेको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत्को माग सबैभन्दा   बढी हुने काठमाडौँ उपत्यकामा यस वर्षको मङ्सिरमा ३४७ पल्ट ट्रिपिङ भएको जनाएको छ । काठमाडौँ उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेशनमा ट्रिपिङ हुँदा कूल २२ घण्टा विद्युत् अवरोध भएको जानकारीसमेत दिएको छ । गत वर्षको मङ्सिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको प्राधिरकणको विवरणमा उल्लेख छ ।

प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित÷अघोषितरूपमा विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । उनले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नुपर्र्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुनसक्ने बताए । “केही स्थानमा सडक निर्माण एवं मर्मतका कारण पनि बिजुली प्रवाहमा अवरोध आएको छ भने केही स्थानमा वितरण प्रणालीको सुधार तथा अन्य कारणले पनि जटिला पैदा भएको छ । त्यसको निरुपणका लागि हामी प्रयत्नशील रहँदै आएका छौँ”, उनले भने ।

“अहिलेसम्मको तथ्याङ्क हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ”, उहाँले प्राविधिक समस्याका बारेमा जानकारी दिँदै भने, “हामी उपभोक्तालाई गुनासोरहित सेवाप्रवाहमा अहोरात्र खटिरहेका छौँ ।” प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ ग¥यो भन्ने बुझेर डराउनुपर्ने जरुरी नभएको उनको भनाइ छ ।

“प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ”, कामु कार्यकारी निर्देशक शाक्यले भने । उनले ट्रिपिङ बढी हुने सबस्टेशनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्नेलगायतका काम निरन्तर भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्