ऋषि कट्टेलले मुद्दा जिते फेरि एमाले र एमाओवादी हुने होला : वामदेव गौतम

Bamdev_Gautam
  • 27
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रियसभा सदस्य एवं नेकपा नेता वामदेव गौतमले पार्टी दुई खेमामा रहेपनि आफू कुनै समूहमा नरहेको बताएका छन्। बिहिबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले ३ वर्षमै पार्टी विभाजन गर्नु थियो भने किन एकता गरेको भन्दै प्रश्न गरेका थिए।

नेकपा राजनीतिक रुपमा दुई खेमा भएपनि कानूनी रुपमा के हुन्छ भन्न नसकिने नेता गौतमले बताए। उनले जुनसुकै पार्टीमा पनि अन्तरविरोध हुने बताउँदै त्यसलाई मिलाएर जान सक्ने मात्र नेता हुने बताए। अन्तरविरोध समाधान गर्न नसकेर आफु खुसी गर्नु मुर्खतापूर्ण कुरा भएको उनले बताए।

उनले दुबै पक्षमा गल्ति कमजोरी देखेको बताउँदै लामो समयदेखि आफूले एकता गराउन खोजेको भन्दै फेरि पनि एकता गराउन लागिरहेको बताए।

उनले एकतापछि बनेको नेकपाको विपक्षमा ऋषि कट्टेलले हालेको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताउँदै यदि सर्वोच्चले यो पार्टीलाई खारेज गरिदियो भने के होला भनेर प्रश्न गरे ?

उनले भने– ‘निर्णय ऋषि कट्टेलको पक्षमा गयो भने नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्भवत एउटा पक्ष नेकपा एमाले हुने होला एउटा पक्ष माओवादी केन्द्र बन्ने होला। त्यस्तो भयो भने के होला भन्ने एउटा अवस्था यहाँ छँदै छ ।’
उनले संगठनात्मक प्रणाली बनाएर भएर पनि एकता गराउने पक्षमा लाग्ने योजनामा रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्