अनेरास्ववियू त्रिवि जिल्ला कमिटीद्वारा ओलीको पुत्ला दहन

pic
  • 392
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अनेरास्ववियू त्रिभुवन विश्वविद्याल जिल्ला कमिटीले बिहीबार असंवैधानिक संसद विघटनविरुद्ध काम चलाउ सरकारको प्रधानमन्त्री केपी शर्मा ओलिको पुत्ला दहन गरेको छ। अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको अगाडि केपीको पुत्ला जलाएको गरेको हो।

पुल्ला दहन कार्यक्रममा नेपाल प्रहरी र विद्यार्थीबीच झडप समेत भएको थियो। झडपमा प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थी प्रेमराज उपाध्याय सामन्य घाइते भएका अनेरास्ववियू त्रिभुवन विश्वविद्यालयका जिल्ला संयोजक लोकेन्द्र यरीले जानकारी दिए।

pic

पुत्ला दहनका क्रममा विद्यार्थीहरुले प्रतिगमन मुर्दावाद, असंवैधानिक कदम खारेज गर, सम्पुर्ण बामपन्थी विद्यार्थी एक हौं, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए।

पुल्ला दहन कार्यक्रमपछि कोणसभालाई अनेरास्ववियूका नेता रमेश विष्ट, अनेरास्ववियू त्रिभुवन विश्वविद्यालय संयोजक लोकेन्द्र यरी र अनेरास्ववियूका नेता तथा पूर्व अखिल क्रान्तिकारीका सचिव राज कुमार याक्सोले सम्बोधन गरेका थिए।