प्रतिनिधि सभा विघटन गलत छ : कमल ओली

komal-oli
  • 6K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गरिन।

सांसद कोमल ओलीले संयुक्त राज्य अमेरिकाको संसद् भवनमा भएको हमलाप्रति दुःख व्यक्त गरिन्। देशको वर्तमान परिस्थितिबारे एक शब्द पनि बोलिनन्। वलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य बनाएका थिए। वर्तमान नेकपा विभाजनमा उनी ओली समूहतिरै रहेको बताइन्छ। संसद् विघटनले देश अनिश्चिततातर्फ उन्मुख भइरहेका बेला ओलीले आफ्नो पार्टीभित्रको, देशको परिस्थितिबारे प्रत्यक्ष रूपमा कुरै गरिनन्।

तर एक मिनेटको शून्य समय ओलीले अमेरिकाको चिन्तामा खर्च गरेका शब्द संसद् विघटनतर्फ पनि लक्षित रहेको नेकपाका एक नेताको भनाई छ। ‘आज अमेरिकी संसद्मा जुन हिंसात्मक गतिविधि भयो त्यसले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको छ। ४ जनाको ज्यान जानेगरी वासिङटन डिसीमा भएको दंगा र हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरि मान्ने सबै देशलाई थप चिन्ता र चुनौतीको वातावरण बनाइदिएको छ। सत्ताको शान्तिपूर्ण हस्तान्तरणको प्रक्रियालाई यस्तो गैरकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामाथि खतरा उत्पन्न गराउँदछ। म यस घटनाको कडा शब्दमा विरोध गर्दछु,’ संसद् विघटनतर्फ लक्षित उनको धारणा थियो।

सांसद जीवन बुढाले गत भदौमा कालिकोटमा बाढी र पहिरामा एक हजार १०० परिवार विस्थापन भएको र हालसम्म पनि पुनस्थापना हुन नसक्दा जाडोमा खुला आकाशमुनि बस्न बाध्य हुनुपरेको प्रति सरकारको ध्यानाकर्षण गराए। सांसद तारादेवी भट्टले उखु किसानले आफ्नो उत्पादनको मूल्य पाउन पनि सधैँ आन्दोलन गर्नुपर्ने समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसप्रति सरकारलाई जबाफदेही हुन आग्रह गरिन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्