केपी ओलीले मलाई खेदेको खेदेइ गर्नुभयोः माधव नेपाल

Madhav_Nepal
  • 72
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका अध्यक्ष माधवकुमार नेपालले आफूलाई पार्टी एक रहँदाका अध्यक्ष केपी ओलीले खेदेको खेदै गरेको बताएका छन्। देश डुब्न लाग्यो भन्ने संसदमा दिएको अभिव्यक्तिपछि ओलीले खेदेको उनले बताए।

प्रचण्ड-नेपाल पक्षले आज बिहीबार नागरिक समाजसँगको अन्तर्क्रियामा उनले पार्टीभित्रको धेरै पीडा बोकेर आफू हिँडेको बताएका हुन्। आफ्नो पीडा पोख्ने ठाउँ पनि नपाएको उनको भनाइ छ। उनले प्रधानमन्त्री ओलीले चालेको कदम केवल व्यक्तिको प्रवृत्तिभन्दा पनि केपी प्रवृत्ति भएका बताए।

यो निरंकुश र तानाशाही प्रवृत्ति भएकाले संयुक्त रूपमा संघर्ष गर्नुपर्ने बताए। नेपालले पार्टीको झण्डामा नभएर साझा झण्डामा आन्दोलनमा सहभागी हुन आह्वान गरे। ‘हाम्रो पार्टीको झण्डामा होइन साझा झण्डामा आन्दोलनमा जाऔं,’ उनले भने। राजा ज्ञानेन्द्रविरुद्ध ६२/६३ को आन्दोलनमा पनि आफूहरु नागरिक समाजसँगै रहेको उनले बताए।

‘सबैलाई एउटै क्याटागोरीमा नराख्नुस्। सबैलाई एउटै ड्याङका मूला नठान्नुस्।’ ओलीसँग आफू असन्तुष्ट हुनुको कारणबारे प्रस्टाउँदै उनले भने, ‘मलाई केपी ओलीले खेदेको खेदेइ गर्नुभयो। सच्चिनुभएन। पार्टीमा छलफल गरेका थियौं। छलफका लागि सबै विषय उठायौं। हामी त पीडित हौ। वेदना छ पीडा छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्