वामदेव गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

Bamdev_Yanxi
  • 151
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रियसभा सदस्य वामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको छ।

नेकपाभित्र विवाद हुँदा सक्रिय हुने चिनियाँ राजदूत यान्छीसँगको गौतमको भेटलाई महत्वका साथ हेरिएको छ। नेता गौतम र राजदूत यान्छीबीच बिहीबार दिउँसो काठमाडौंको नक्सालमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपाल पक्षले गरेको छ।

नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतम भने दुवै समूहमा खुलेर लागेका छैनन्। उनले अझै पनि पार्टी एकतामा जोड दिएका छन्। आज मात्र राष्ट्रिय सभामा उनले पार्टी एकता कायम गराउन संगठनात्मक संरचना बनाउनले पक्षमा रहेको समेत बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्