अमेरिकी नागरिकका आगामी दिन शान्तिपूर्ण होऊन्ः देउवा

Sher_Bahadur_Deuba
  • 244
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले बुधबार अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार दिउँसो समाजिक सञ्जालमार्फत देउवाले युएस कंग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको बताएका हुन्।

उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण हुनु पर्ने पनि बताएका छन्। ‘अमेरिकी जनताले आफ्नो मत जाहेर गरिसकेका छन्। अर्को सरकारलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नु पर्छ। हामी सबै अमेरिकी नागरिकका आगामी दिन शान्तिपूर्ण होऊन् भन्ने काम गर्छौं,’ देउवाले लेखेका छन्।

राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित अमेरिकी संसदको संयुक्त बैठक बसेका बेला बुधबार ट्रम्प समर्थकले संसद भवनमा छिरेर तोडफोड गरेका थिए। हिंसामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ।

उक्त घटनाको संसारभरिका नेताहरूले भत्सर्ना गरेका छन्। नेपालका नेताहरूमध्ये वासिङ्टन हिंसाबारे पहिलो पटक देउवाले सार्वजनिक प्रतिक्रिया दिएका हुन्। राष्ट्रिय सभा सदस्य कोमल वलीले आजको राष्ट्रिय सभा बैठकमा यसबारेमा बोलेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्