माघ १ देखि अर्को बैंकमा एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

ATM
  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं। माघ १ गतेदेखि अर्को बैंकको एटीएम बुथ प्रयोग गरी पैसा निकाल्दा शुल्क लाग्ने भएको छ। लकडाउनको समयमा पैसा नलाग्ने व्यवस्था गरिएकोमा अब पुनः पैला लाग्ने भएको हो।

अब भने हरेक महिना दुई पटकलाई पैसा नलाग्ने र सोभन्दा बढी प्रयोग गरेको खण्डमा प्रतिकारोबार २० रुपैयाँ शुल्क लिने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था गर्न पनि भनेको छ।

विद्युतीय कारोबारको प्रयोगकर्ताहरुलाई सुरक्षा प्रत्याभूति दिन पनि राष्ट्र बैंकले भनेको छ। पासवर्ड, युजर आईडी बिर्सिएको खण्डमा त्यसमा सहजीकरण गर्न समेत भनेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्