दोस्रो विवाह गरेको आरोपमा एक जोडी पक्राउ

hatkadi-pakrau
  • 10
    Shares
लोकपाटी न्यूज

सप्तरी। जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मो इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई पक्राउ गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जेठी श्रीमती सैरुन खातुनको उजुरीमा बहुविवाह गरी कञ्चनरुपस्थित घरमा बसेका इब्राहिम र उनकी कान्छी श्रीमती हसिनालाई पक्राउ गरिएको जानकारी दिए। कान्छी श्रीमती हसिना सुनसरीको भोक्राहा गाउँपालिका–३ का मन्सी मिंयाकी छोरी हुन्।

भोक्राहामा नै विवाह गरी मङ्सिर १३ गते मात्र घर आएका आरोपित पतिले कान्छी श्रीमती भन्दै घर भित्र्याएको पीडितले बताइन्। पीडित सप्तरीको खडक नगरपालिका–१० फुलबडियास्थित माईत विस्थापित छन्। उनको १२ वर्षीय छोरा छन्। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्