बुटवल। नेकपाको प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरूले बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका दहन गरेका छन्।
प्रधानमन्त्रीले ओलीको असंवैधानिक कदमप्रति प्रचण्ड-नेपाल पक्षीय कार्यकर्ताहरूले बुटवलको ट्राफिक चोकमा मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।
मसाल जुलुसमा सहभागी कार्यकर्ताहरूले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै प्रधानमन्त्री ओलीविरूद्ध चर्को नारा लगाएका थिए।
नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद विघटनको विपक्षमा दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै संसद पुनस्र्थापना नहुँदासम्म आन्दोलन गरिरहने जनाएका छन्।