चिनियाँ नागरिकको अपहरण आरोपमा विदेशी नागरिकसहित ४ पक्राउ

hatkadi-pakrau
  • 37
    Shares
लोकपाटी न्यूज

काठमाडौं। दुई जना चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  प्रहरीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ का ३२ वर्षीय दावा पासाङ लामा, ३२ वर्षीय माइला भन्ने भक्त लामा, चीन आङ्गखोई उहु घर भई काठमाडौं ठमेल बस्ने वू चाओ र सान्दोङ्ग छिन्दिय घर भएका झ्याङ वेईलाई प्रहरीले पक्राउ गरेको हो।

गत आइतबार बिहान काठमाडौं महानगरपालिका-९ गौशालाको तिलगंगास्थित आनन्द होटलबाट दुई जनालाई अपहरण गरी लगेका थिए। सो होटलबाट चाररपाँच जनाको समूहले लुइ वेइपिङ र ली जीआओनिङलाई नम्बर नखुलेको ट्याक्सीमा हालेर लगेको परिसरका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए।

उनीहरू दुबैलाई जबरजस्ती सिन्धुपाल्चोकको मार्मिङ्गसम्म र्पुयाई बन्धक बनाएका थिए। उनीहरू बन्धक बनाइ कुटपिट गरेको भनेर अर्का चिनियाँ साथी चउ चफिङ्गले परिसरमा उजुरी दिएका थिए। त्यसपछि खटिएको टोलीले अपहरणमा संलग्नहरूलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्