ओलीको विरोध गर्नेहरु लोकतन्त्र विरोधी हुनः शंकर पोखरेल

shankar_pokhar
  • 259
    Shares
लोकपाटी न्यूज

कपिलवस्तु। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताएका छन्। बिहीबार कपिलवस्तुमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लोकतन्त्रका लागि लडेर आएका व्यक्तिलाई यसरी अपमान गर्न नमिल्ने बताएका हुन्।

लोकतन्त्रको लागि लड्दा ओलीले १४ वर्ष जेल जीवन जिउनु परेको समेत स्मरण गराए। उनले अहिले ओलीको विरोध गरिरहेकाहरूले अबको ५ वर्षपछि जयजयकार गरेर घरको विशिष्ट ठाउँमा फोटा राखेर सम्मान गर्ने दाबी गरे।

मुख्यमन्त्री पोखरेलले देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद् विघटन गरेको बताए। उनले सडकमा आन्दोलन गरिरहेका प्रचण्ड-माधव पक्षका नेताहरूलाई चुनावमा होमिन सुझाव दिए।

प्रदेश सरकारको महत्त्वपूर्ण कार्यको रूपमा हुलाकी सडक रहेकोले यो सडक निर्माणपश्चात् नागरिकको दैनिकीमा समेत परिवर्तन हुने मुख्यमन्त्री पोखरेलले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्