माधव-बाबुरामको साझा निष्कर्ष : राष्ट्रिय सहमति गरी ओली फालौं

baburam_madhav
फाइल तस्बिर
  • 11K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संसद विघटनपछि जटिल बनेको राजनीतिक परिस्थिति सामान्यतर्फ फर्काउन दलहरुबीच सहकार्य आवश्यक रहेको बताएका छन्। वर्तमान राजनीतिक परिस्थितमा सहकार्यको प्रस्तावमा छलफलका लागि भट्टराई नेकपाका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका थिए।

नेपालसँगको भेटमा संसद् विघटनविरुद्ध सशक्त आन्दोलन गर्ने विषयमा छलफल भएको उनले बताएका छन्। जटिल बन्दै गएको राजनीतिक परिस्थितिलाई सामान्यतर्फ फर्काउन सबै दलबीच सहकार्य आवश्यक भएको निष्कर्षमा आफूहरू पुगेको उनले बताए। छलफलमा ओलीको कदमलाई समयमै नरोके परिस्थिति थप प्रतिगमनतर्फ जाने निष्कर्ष निकालिएको उनले बताए ।

भट्टराईले भने, ‘राजनीतिक परिस्थित जटिल बन्दै गएको छ। ओलीले अरू कसैको आड भरोसामा यो कदम चालेको हाम्रो साझा निष्कर्ष छ। जटिल बन्दै गएको राजनीतिक परिस्थितिलाई सामान्यतर्फ फर्काउन सबै दलबीच सहकार्य आवश्यक भएको निष्कर्षमा हामी पुगेका छौँ। उहाँको पनि मिलेरै अगाडि बढ्नुपर्छ भन्ने धारणा छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्