काठमाडौं। पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क हुन आग्रह गरेकी छन्। एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकाले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरिन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिनिधि सभा पुनःस्थापनाका लागि संविधानका धारा ७६ नै काफी भएको बताइन्।प्रधानन्यायाधीशले चाहेको खण्डमा १५ दिनभित्र फैसला सम्भव हुने उनले बताइन्।
कार्कीले मुलुक बचाउने वा डुबाउने तथा अदालतको गरिमा बचाउने वा नबचाउने जिम्मेवारी यतिबेला अदालतको काँधमा भएको बताइन्। नागरिकले विश्वास गरेको थलोले नागरिकको विश्वास कायम राख्न सक्नुपर्ने कार्कीको भनाइ थियो।
पूर्वप्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासबाट मुद्दाको टुङ्गो लगाउन चुनौतिपूर्ण भए वृहत इजलासमा लगेर पनि फैसला गर्न सकिने बताइन्।
हामी ढुक्क छौ मेडम, संसद पुनर्स्थापना नहुनेमा ।