काठमाडौं। आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखा जनाएको छ।
‘प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
मौसमविदका अनुसार शुक्रबार राति पनि प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली नै रहने छ।
हाल भारतको कर्णातक देखि गुजरातमा बनेको न्युन चापिय रेखाको नेपालमा आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन्।