वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। आफूले अमेरिकाको कानून र व्यवस्थालाई मान्दै सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका हुन्।
उनका समर्थकले संसद् भवनमा आक्रमण गरेको एक दिनपछि उनले यस्तो बताएका हुन्। ट्वीटर अकाउन्ट पुनः सुचारु भएसँगै उनले भिडियो सन्देश जारी गर्दै कंग्रेसले गरेको निर्णयलाई मान्ने बताए।
राष्ट्रपति ट्रम्पले प्रतिस्पर्धी जो बाइडनको जित स्वीकार गर्दै उनलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए।