प्रचण्ड–नेपाल पक्षकाे देशैभरि आन्दाेलन : के-के छ कार्यक्रम ?

CPN - Nepal Communist Party
  • 875
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा प्रचण्ड–नेपाल पक्षले देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ। प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध दोस्रो चरणको आन्दोलन गरिरहेको प्रचण्ड-माधव पक्षले विरोधपत्र बुझाउने भएको हो।

दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको छ। नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई विरोध पत्र दिइने छ।

संघर्ष समितिको निर्धारित कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने उल्लेख छ।

यस्तै, प्रतिनिधि विघटनको विरुद्धमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रचण्ड-माधवपक्षमा रहेका अनेरास्ववियूले पनि शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

यस्ता छन् संघर्षका कार्यक्रमहरु

  • २०७७ पौष २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम।
  • २०७७ पौष २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन।
  • २०७७ पौष २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया कार्यक्रम।
  • २०७७ पौष २३ गते नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम।
  • २०७७ पौष २४ गते सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र।
  • २०७७ पौष २६ गते सडक संविधान वाचन–व्याख्या कार्यक्रम।
  • २०७७ पौष २७ गते (सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १), २८ गते (प्रदेश २, गण्डकी र कर्णाली) र पौष २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम।
  • २०७७ पौष २८ गते देशव्यापी रुपमा घरघरमा पर्चा बितरण र गाउँगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडाहरुमा ब्यानर राख्ने कार्यक्रम।
  • २०७७ पौष २९ गते निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला।
  • २०७७ माघ २ गते देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा।
  • २०७७ माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली।
  • २०७७ माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) मा विरोध प्रदर्शन र सभा।
  • २०७७ माघ १७ गते प्रदेश २ मा विरोध प्रदर्शन र सभा।
  • २०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस।
  • २०७७ माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्