जेफ बेजोसलाई पछि पार्दै एलन मस्क बने विश्वकै सबैभन्दा धनी

  • 24
    Shares
लाेकपाटी न्यूज

जेफ बेजोसलाई पछि पार्दै एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्। बिहीबार उनको कम्पनी टेस्ला र स्पेस एक्सको सेयर मूल्य बढेसँगै उनको कुल सम्पत्ति १९५ बिलियन डलर पुगेको हो । जसले उनलाई सबैभन्दा धनी व्यक्ति बनाएको हो ।

सन् २०१७ देखि सबैभन्दा धनी व्यक्तिमा अमेजनका संस्थापक जेफ बेजोस थिए।

मस्कको कम्पनी टेस्लाको मार्केट भ्याल्यु ७०० बिलियन डलर पुगेको छ । टोयोटा, भोल्क्सवागन, हुन्डाई, जीएम र फोर्ड सबै गाडीकोभन्दा बढी हो । टेस्लाले यस वर्ष मात्रै ५ लाख कार बिक्री गर्न सफल भएको थियो । संसारका लागि सन् २०२० जस्तोसुकै रहेपनि एलन मस्कका लागि पछिल्लो १२ महिना निकै शानदार रह्यो । लगभग २७ बिलियन अमेरिकी डलरसहित सन् २०२० को सुरुवात गरेका मस्कले आफ्नो सम्पत्तिमा १५० बिलियन वृद्धि गर्न सफल भएका छन् ।

दक्षिण अफ्रिकामा जन्मिएका इन्जिनियर टेस्लालाई सेयरमा बलियो विश्वास थियो र उनलाई यसैले फाइदा पुर्यायो । यसबाहेक मस्कसँग स्पेस एक्सको ठूलो हिस्सेदारी छ जुन लगभग १४ बिलियन अमेरिकी डलर छ ।

यता जेफ बेजोसको सम्बन्धविच्छेदका कारण पनि मस्क शीर्ष स्थानमा पर्न सकेका हुन् । संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको सम्बन्धविच्छेदलाई अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ। सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ बिलियन अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको थियो।

यदि बेजोसको सम्बन्धविच्छेद नभएको भए उनलाई यो सूचीबाट हटाउन निकै गाह्रो हुने थियो । सम्बन्धविच्छेद पछि बेजोसकी पूर्व श्रीमतीको पनि उक्त सम्पत्तिमा हक रह्यो । सम्पत्ति बाँडफाँट भएपछि उनले अत्यधिक दान पनि गरेकी छिन् । उनले गत वर्ष नोभेम्बरमा ६८ करोड डलरको सेयर दान गरेकी थिइन् ।
मस्कको विद्युतीय कार कम्पनी टेस्लाको मूल्यमा यो वर्ष लगातार वृद्धि भइरहेको छ जसको बजार भाउ बुधबार, अहिलेसम्मकै उच्च ७०० अर्ब डलरबराबर पुगेको हो । यसले टेस्लालाई अन्य ठूला कार कम्पनीहरू, टोयोटा, फक्सवागन, हुन्डाइ, जीएम, फोर्डलाई मिलाउँदा पनि तिनीहरूभन्दा मूल्यवान् कम्पनी बनाइदिएको छ ।

यस्तोमा यो खबरको अनौठो प्रतिक्रिया दिएकाबारे पनि अहिले मस्कको चर्चा भइरहेको छ । व्यक्तिगत सम्पत्तिबारे उनको विचार यस प्रकार रहेको छ, “मेरो आधाभन्दा बढी सम्पत्ति पृथ्वीका समस्याहरू समाधान गर्न समर्पित छ र बाँकी आधाचाहिँ, यदि पृथ्वीसँग कुनै ठूलो तारा ठोक्किएर डाइनोसोर जसरी नै हाम्रो विनाशको दिन आयो भने या तेस्रो विश्वयुद्ध भएको खण्डमा हामी आफैँ विनाशतर्फ लाग्यौं भने, त्यस्तो परिस्थितिमा मानव जीवन जारी राख्‍न, मंगलग्रहमा आत्मनिर्भर सहर सुनिश्चित गर्न मद्दत गर्नका लागि प्रयोग हुनेछ ।”

यता बेजोसको सम्पत्तिमा पनि यो एक वर्षमा धेरै ठूलो वृद्धि देखिएको छ । कोरोना महामारीको अवधिभरि अमेजोनले अनलाइन स्टोर र कम्प्युटिङ सेवाको उच्च मागबाट अत्याधिक लाभ कमाएको छ । तर उनले यसअघि पूर्वपत्नीलाई डिभोर्सका क्रममा कम्पनीको ४ प्रतिशत सेयर दिनुपरेको थियो जसले नै मस्कलाई उनलाई हराउने मौका दिएको बताइन्छ ।

ब्लुमर्गका अनुसार बेजोसको कुल सम्पत्ति १८५ बिलियन डलर छ भने तेस्रो स्थानमा रहेका बिल गेट्सको सम्पत्ति १३४ बिलियन डलर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्