चन्द्रागिरी हिल्सको आइपीओ सर्वसाधरणको लागी विक्री खुला

Chandragiri Hills
  • 138
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ आज (शुक्रवार) देखि सर्वसाधारणको लागि विक्रीे खुला भएको छ । कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता साधारण शेयर सर्वसाधारणको लागि छुट्याइएको छ ।

यस आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्ताको लागि आवेदन गर्न सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्म रहेको छ । कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले मध्यम स्तरको क्रेटिड जोखिम भन्ने बुझाउँछ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन गर्न सक्नेछन् । आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ५३ करोड ४० लाख ९०१ हजार पुग्नेछ । कम्पनीले यसअघि स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ ।

कम्पनीको अधिकृत पुँजी दुई अर्ब रुपैयाँ र जारी पुँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ । उक्त जारी पुँजी मध्ये कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्ता भईसकेको तथा बाँकी १८ करोड ४० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारण (स्थानीय तथा सर्वसाधारण र कर्मचारीहरु समेत) मा सार्वजनिक निष्कासनद्वारा जारी गर्नेछ । स्थानीय तथा सर्वसाधारण कर्मचारीहरु समेतका लागि छुट्टाइएको १८ करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरी बाँडफाँट गरे पश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ नाघ्ने छ ।

२०६६ साल साउन १४ गते काठमाडौं फनपार्क प्रालिको नामबाट दर्ता भएको यो कम्पनी २०७६ जेठ ३ गतेदेखि मात्रै चन्द्रागिरी हिल्स लिमिटेडको नाममा कम्पनी दर्ता भएको हो । काठमाडौंको पानीपोखरीमा रजिष्टार्ड कार्यालय रहेको यस कम्पनीको कारोबार गर्ने मुख्य स्थान काठमाडौंको थानकोटस्थित चन्द्रागिरी नपा वडा नं. ४ मा रहेको छ । कम्पनी २०७१ साल असार ३२ गतेदेखि नै प्राइभेटबाट पब्लिकमा परिणत भएको हो । पब्लिक कम्पनीमा परिणत भएको ६ वर्षपछि कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणको लागि सेयर जारी गरेको छ ।

कम्पनीले जारी पुँजीको १२ प्रतिशत अर्थात १८ लाख ४० हजार ९१० कित्ता सेयर स्थानीय बासिन्दा तथा सर्वसाधारणमा जारी गरेको हो । जसमध्ये पहिलो चरणमा स्थानीय बासिन्दाका लागि ३ लाख ६ हजार ८१९ किता सेयर निष्काशन गरी बाँडफाँड गरिसेकेको छ । र, बाँकी रहेको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनी मार्फत केबुलकार, होटल तथा रिसोर्ट र एम्यूजमेन्ट पार्क लगायतका परियोजना सञ्चालन गर्ने गरी २०६६ साल फागुन २५ गते नेपाल सरकार, उद्योग विभागले कम्पनीलाई २०६६ साल फागुन २५ गते कम्पनी मार्फत केबुलकार, होटल तथा रिसोर्ट र एम्यूजमेन्ट पार्क लगायतका परियोजना सञ्चालन गर्न स्वीकति दिएको थियो । यससँगै, हाल केबुलकार, होटल/रिसोर्ट परियोजना सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरु निर्माण भई सकेका छन् । र, कम्पनीले २०७३ साउन २४ गतेदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालनमा ल्याईसकेको छ ।

त्यस्तै, कम्पनीले नेपाल सरकारको २०६८ साल भदौ २० गतेको मन्त्रीस्तरीय निर्णय बमोजिम ३६ हेक्टर कबुलियती वन ४० वर्षको लागि लिजमा लिइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्