सुनको मूल्यमा सामान्य गिरावट

  • 18
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। लगातार उकालो लागेको सुनको मूल्य दुई दिनयता सामान्य रूपमा घट्न थालेको छ। अघिल्लो दिनको भन्दा १ सय रुपैयाँले घटेर शुक्रबार सुनको कारोबार मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ भएको छ।

गत साताको अन्तिम दिन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ भएको मूल्य आइतबार स्थिर थियो। सोमबार तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँ पुगेको थियो। मंगलबार पुनः ११ सय रुपैयाँले बढेको थियो।

गत बुधबार पुनः ३ सय रूपैयाँले बढ्दा प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा पुगेको थियो। बढ्ने क्रममा ब्रेक लाग्दै बिहीबार १३ सय रुपैयाँ घट्दा प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। एक सातामा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ।

चाँदीको मूल्य शुक्रबार स्थिर छ। गत साताको अन्तिम दिन प्रतितोला १३ सयमा कारोबार भएको थियो। गत सोमबार तोलामा २५ रुपैयाँले बढेको थियो। मंगलबार १० र बुधबार ५ रूपैयाँको सामान्य वृद्धि भएको थियो। बिहीबार १० रुपैयाँले घटेर प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो । एक सातामा चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९०८.९७ डलर र चाँदी प्रतिऔंस २७.०३ डलरमा कारोबार भएको छ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्