प्रधानमन्त्री ओली धनगढीमा

KP-Sharma-Oli
  • 19
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी पुगेका छन्। काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी पुगेका हुन्। प्रधानमन्त्री ओली समूहले आज धनगढीको खुलामञ्चमा आयोजना गरेको प्रदेशस्तरीय सभालाई सम्बोधन गर्ने उनी धनगढी गएका हुन्।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि धनगढी विमानस्थलमा पुगेनन्। मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको जनाएको छ। कर्णाली प्रदेश सरकारमा ओली पक्षको सहभागीता शून्य छ।

यता अनेरास्ववियूका कार्यकर्ताले प्रधानमन्त्री ओलीको विरोधमा धनगढीमा टायर बालेर प्रदर्शन गरेका छन्। ओलीको विरोधमा जिल्ला प्रशासन, सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले टायर बालेका हुन्। प्रधानमन्त्रीका लागि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ।