थप १० बैंक आरटीजीएस प्रणालीमा आवद्ध

  • 28
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप १० वटा वित्तीय संस्थालाई रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा जोडिन अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै १० वटा वित्तीय संस्थाहरु मार्फत आरटिजीएस प्रणालीमा जोडिएको जनाएको हो ।

‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरु आजदेखि आरटीजीएस प्रणालीमा जोडिएका हुन् । यसअघि वाणिज्य बैंकहरु आरटीजीएस प्रणालीमा आवद्ध भइसकेका छन् । अहिले विकास बैंक र वित्त कम्पनी पनि आरटीजीएस प्रणालीमा जोडिएका हुन् ।

के हो त आरटीजीएस प्रणाली?
ठूलो परिमाणमा पैसा निकाल्दा हुने परम्परागत झन्झटिलो प्रक्रियाको अन्त्यका लागि चार महिनाअघि देखि कार्यान्वयनमा आएको आरटीजीएस एउटा आधुनिक भुक्तानी प्रणाली हो ।

ठूलो रकम निकाल्न वा स्थानन्तरण गर्नु पर्दा आरटीजीएस प्रणालीको प्रयोग गरे बैंकमा धाएर चेक काटिरहन पर्दैन । अन्य अनलाइन भुक्तानी प्रणालीभन्दा छिटो रकम स्थानान्तरण गर्न वित्तिकै यो प्रणालीमा पैसा सेवाग्राहीको खातामा जम्मा हुन्छ ।

दुई लाख रुपैयाँभन्दा धेरै रकमको कारोबारका लागि यो प्रणाली उपयुक्त छ । यो प्रणालीमा सरिक हुने सेवाग्राहीले बैंकमा गएर एउटा फारम भर्नुपर्नेछ ।यो प्रणालीको प्रयोग गर्दा शुल्क पनि धेरै नलाग्ने हुँदा यसले पैसा र समय दुवैको बचत गरिदिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्