एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा मासिक २ पटकसम्म निशुल्क

Nepal rastra bank
  • 30
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा मासिक २ पटकसम्म निशुल्क र त्यसपछि २० रुपैयाँ शुल्क लाग्ने प्रावधान तोकेको छ । कोरोना महामारी र लकडाउन यता यस्तो शुल्क नलाग्ने बनाइएको थियो । त्यस अघि भने यस्तो सुविधामा बैंकहरुले ५० रुपैयाँ प्रतिपटक शुल्क काट्दै आएका थिए ।

राष्ट्र बैंकको निर्देशिका अनुसार एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा महिनामा २ वटा कारोबारसम्म निशुल्क दिनुपर्ने छ । त्यसपछि अन्य कारोबारमा प्रति कारोबार २० रुपैयाँ शुल्क लाग्ने छ । तथापी बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क लिनुअघि पूर्व जानकारी गराउनुृ पर्ने छ । राष्ट्र बैंकले गरेको यो निर्णयबाट कोरोना अघिको तुलनामा सर्बसाधारण एटीएम प्रयोगकर्तालाई सहुलीयत हुने छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्