प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठायो

pic
  • 49
    Shares
लोकपाटी न्यूज

काठमाडौं।। प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  को प्रचण्ड–माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ।

नेकपा प्रचण्ड–माधव समूहले गठन गरेको केन्द्रीय सङ्घर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान–२०७२ पठाएको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठाएको छ।

नेकपाकाठमाडौं जिल्ला कमिटीका इञ्चार्ज सावित्रा भुसालले केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताइन्।

संविधानको पुस्तक पठाउन नेताहरू प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धमा सङ्घर्ष गरौँ लेखिएको ब्यानरसहित काठमाडौं  जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्