राजेन्द्र बिक/ बाजुरा, २४ पुस। प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ।
नेकपा प्रचण्ड-माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद विघटनको विरुद्धमा विरोधपत्र बुझाएको छ।
संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपा बाजुरा प्रचण्ड-माधव पक्षले बाजुरामा पनि शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको हो।