टि प्लस टु लागु गर्न धितोपत्र बोर्डको स्वीकृति

  • 49
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको टि प्लस टु कायम गर्ने बाटो खोलिदिएको छ । बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले टि प्लस टु कायम हुने गरी संसोधनका लागि पेश गरेको विनियमावलीलाई बोर्डले स्वीकृति दिएको हो । बोर्डले उक्त संशोधित विनियमावलीलाई स्वीकृति प्रदान गर्दै बोर्डले कार्यान्वयनको जिम्मेवारी सिडिएससीलाई सुम्पेको छ ।

टि प्लस टु कार्यान्वयनसँगै धितोपत्रको तरलता वृद्धि भई बजार थप गतिशिल हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको विश्वास छ । बोर्डको यस वर्षको नीति तथा कार्यक्रममा पनि धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रणालीलाई २ दिनमा झार्ने योजना बनाएको थियो ।

हाल धितोपत्र कारोबार गरेको तीन दिनभित्र राफसाफ गरिसक्नु पर्ने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम शेयर विक्रीकर्ताले आफूले विक्री गरेको शेयर बराबरको रकम तीनदिन भित्र पाइसक्नु पर्नेछ भने खरीद कर्ताको शेयर खातामा पनि तीन दिनभित्रै शेयर जम्मा भइसक्नु पर्नेछ । अबको व्यवस्थामा यी कार्य दुई दिनभित्र भइसक्नु पर्नेछ ।

हाल सेयर कारोबार भएको चार दिन पछि दोस्रो बजारमा राफसाफ हुने गरेको छ । सेयर खरिद वा बिक्री गरेको दिनलाई टि प्लस जिरो मानिन्छ ।

त्यसपछिको दोस्रो दिनलाई वान र तेस्रो दिन टु र चौथो दिनलाई थ्री भनिन्छ । कारोबार सम्पन्न भएको चौथो दिनको राफसाफ नै टी प्लस थ्री हो । जुन दिन सेयर बिक्रीकर्ताले रकम प्राप्त पाउछन् भने सेयर किन्नेकोे खातामा सेयर दाखिला हुन्छ ।

हाल टी प्लस थ्री व्यवस्था कार्यान्वयनमा छ । टी प्लस थ्री हुँदा ४ दिन लगाउने र १ दिन थपेर ५ दिन लाग्ने गरेको छ । लगानीकर्ताले सेयर खरिद गर्दा समयमै दिनुपर्ने तर खातामा सेयर आउन भने ५÷६ दिनसम्म लाग्ने गरेको छ । र, यसले लगानीकर्तालाई समस्या परिरहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्