न्यायाधीशहरुलाई नेपालकाे आग्रह : सरकारले दिने दवावबाट नआत्तिनुस्, सिंगाे देश तपाईहरुकाे पक्षमा हुनेछ

Madhav Kumar Nepal
  • 1.5K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली सच्चिए नेकपामा अझै ठाउँ रहेको बताएका छन्।ओलीलाई अहंकार त्यागेर सच्चिए नेकपामा अझै ठाउँ रहेको नेता नेपालले बताएका हुन्।

शुक्रबार बबरमहलमा नेकपाको पेशागत विशेष जिल्ला कमिटीको प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले भने, ‘ओली कमरेड, बालुवा पेलेर तेल त निस्किँदैन। तर, तपाईं सच्चिए अझै ठाउँ छ। अहंकार त्याग्नुस्। प्रतिनिधि सभा बिघटन गर्ने निर्णय सच्चाउनुस्। आत्मालोचना गर्नुस्। कलंकको टीकाबाट बच्नुस्।’

नेता नेपालले सरकारले राज्यशक्ति दुरुपयोग गर्दै संवैधानिक परिषदका पदाधिकारीहरुलाई दवाव दिन खोजिएको आरोप लगाए।

उनले भने, ‘संवैधानिक परिषदका पदाधिकारीहरुलाई दवाव दिन खोजिएको छ। धम्काउन खोजिएको छ। तर, तपाईहरु नआत्तिनुस्, हामी तपाईहरुको साथमा छौं। हामी देशको पक्षमा छौं, संविधानको पक्षमा छौं, लोकतन्त्रको पक्षमा छौं। हामी तपाईहरुको साथमा छौं। संविधानअनुसार स्वतन्त्र भएर काम गर्नुस्।’

उनले बालुवाटारबाट शक्तिको दुरुपयोग भएको आरोप लगाए। केपी ओली कामचलाउ प्रधानमन्त्री भएको भन्दै नेता नेपालले कसैलाई धम्काएर सत्तामा रहन्छु भन्ने भ्रम फाल्न ओलीलाई आग्रह गरे।

उनले भने, ‘केपी कमरेड खबरदार, तपाईं कामचलाउ प्रधानमन्त्री हो। कसैलाई धम्काएर सत्तामा रहन्छु भन्ने ठान्नुभएको छ भने भ्रम फाल्नुस्, जनताले गलहत्याउँछन्। त्यो दिन तपाईका लागि दर्दनाक दिन हुनेछ।’