नेकपामा सांस्कृतिक क्रान्ति चाहिन्छ, कम्युनिस्ट आदर्श चाहिन्छ : नारायणकाजी श्रेष्ठ

Narayan-Kaji-Shrestha-1
  • 821
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा प्रचण्ड-माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन र देशको साधन स्रोत दोहन गर्न पार्टी एकता नगरिएको बताएका छन्।

शुक्रबार बबरमहलमा नेकपाको पेशागत विशेष जिल्ला कमिटीको प्रशिक्षणमा बोल्दै प्रवक्ता श्रेष्ठले कांग्रेसलाई हराउन मात्र पनि पार्टी एकता नगरिएको बताएका हुन्। पार्टी एकता समाजवादको आधार तयार पार्न गरिएको थियो। कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्न गरिएको थियो। तर, त्यसो गरिएन, उनले भने।

प्रवक्ता श्रेष्ठले कम्युनिस्टहरुमा सांस्कृतिक रुपान्तरण चाहिन्छ, कम्युनिस्ट आदर्श चाहिन्छ। तर, ओली त्यसको विरुद्धमा रहेको बताए। ओली त्यसको विरुद्धमा रहनुनै प्रतिक्रान्तिकारी प्रवृत्ति र कदम भएको श्रेष्ठले बताए। प्रवक्ता श्रेष्ठले ओलीको सोंच र कदम २ कारणले घातक रहेको दावी गरे।

१. कम्युनिस्ट आन्दोलन बदनामित भएको छ, लक्ष्य र आदर्शमा प्रहार गरिएको छ।

२. देशको संवैधानिक व्यवस्था, गणतन्त्र, संघीयताजस्ता क्रान्तिका उपलब्धिमाथि प्रहार गरेको छ। यसका विरुद्ध दृढतापूर्वक लड्छौं।’

उनले अदालतले संविधानको व्याख्या गर्ने भन्दै संविधान संशोधन नगर्ने बताए। उनले भने, ‛निर्वाचन आयोगले पनि कानूनअनुसार फैसला दिनुपर्छ। संविधानभन्दा बाहिरबाटै निर्णय हुनै सक्दैन। त्यो कल्पना नगरौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्