ओलीलाई २०२७ सालदेखि चिन्छु, उनीमा कहिल्यै कम्युनिस्ट चरित्र थिएन : झलनाथ खनाल

Jhalanath_Khanal
  • 8.9K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कहिल्यै कम्युनिष्ट चरित्र नदेखिएको बताएका छन्।

वरिष्ठ नेता खनालले भने, ‛केपी ओलीलाई २०२७ सालदेखि चिन्छु। उनी सच्चिएलान् कि भन्ने थियो। तर, उनी त्यस्तो रहेनन्। उनी कहिल्यै कम्युनिस्ट चरित्रका थिएनन्।’

शुक्रबार बबरमहलमा नेकपाको पेशागत विशेष जिल्ला कमिटीको प्रशिक्षणमा बोल्दै नेता खनालले समाजवादी क्रान्तिको कार्यभारका लागि पार्टी एकता गरेको बताए। जनवादी क्रान्तिपछि हामीले समाजवादी क्रान्ति गर्यौं। तर, यसको तयारी जसरी गरिनुपथ्र्यो, त्यसरी हुन सकेन, उनले भने।

उनले भने, ‛नयाँ संविधानमा पनि हामीले स्पष्ट रुपमा समाजवाद लेख्यौं। यो सामान्य उपलब्धि होइन। संविधानपछि निर्वाचित सरकारको कार्यभार समाजवादको मोडेल खोज्ने थियो। पार्टीको कार्यभार पनि त्यही थियो। तर, सरकारले त्यसो गरेन।’

हाम्रो क्रान्तिका २ कार्यभार थिए, जनवादी क्रान्ति र समाजवादी क्रान्ति। हामीलाई  नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न ५८ वर्ष लागेको भन्दै उनले ठूलठूला संघर्ष, ठूलो बलिदानीबाट जनवादी क्रान्ति सम्पन्न गरेको बताए।

हामीले जनवादी क्रान्ति पूरा गर्यौं। हामीले भनेको नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीको जनवाद कालातित भयो, उनले भने। अब कुनै पनि खालको जनवादले क्रान्तिको कार्यभार पूरा नगर्ने भन्दै समाजवादी क्रान्तिबाहेक क्रान्तिको अर्को कार्यभार हुन नसक्ने नेता खनालले दावी गरे।

ओली सरकारको कार्यकालमा ३र३ वटा नीति र कार्यक्रम आए पनि समाजवादउन्मुख कार्यक्रम नआएको उनले बताए।

नेता खनालले भने, ‛बजेटमा पनि समाजवादको कुरा आएन। राष्ट्रिय अर्थतन्त्र निर्माणको कुरा आएन। ओलीले विश्व बैंकका एजेण्ट डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएर दलाल पूँजीवादको जग हालियो।’