म नेकपामा प्रवेश गरेको होइन : दीपक मनाङे

Dipak Manange
  • 190
    Shares
लोकपाटी न्यूज

काठमाडौं। गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरूङ (दीपक मनाङे) ले आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  मा प्रवेश नगरेको दावी गरेका छन्।

एक अनलाइनसँग कुरा गर्दै मनाङेले आफूले स्वतन्त्र रुपमा जितेको हुँदा बहुमतको सरकार बनाउन त्यतिकै हस्ताक्षर मात्र गरेको बताएका हुन्।

उनले बहुमतको सरकार बनाउन त्यतिकै हस्ताक्षर मात्र गरेको विषयलाई नेकपामा प्रवेशनै गरेको भन्नु गलत हुने बताए। उनले आफूले अपेक्षा गरेअनुसार दलका प्रतिनिधिले विकास नगरेको बताएका छन्।

उनले नेताहरू जहिले पनि कसरी पैंसा कमाउने भनेर लाग्ने हुँदा विकास हुन नसकेको बताए। नेकपा भित्रको विवादले आफूहरू जस्ता स्वतन्त्र रुपमा जितेका उम्मेद्वावारलाई फाइदा पुग्ने उनले बताए।

उनले भने, ‛आफूले अहिलेसम्म पनि कुन चाँही नेकपा हो ?  भनेर बुझि सकेको छैन। ‘एउटाले साईन गराउँदै हिँडेको छ र अर्कोले केन्द्रीय सदस्य बनाउँदै हिँडेको छ,’ मनाङेले थपे, ‘म कुन चाँहीलाई नेकपा भनौं? आफैं कन्फ्यूज छु ।’

उनले राजनीतिमा केही असल मानिस पनि रहेको र सबैलाई गलत भन्न नहुने तर्क गरे। नेपालमा समानुपातिको नाममा उच्च दक्षता भएको मान्छेलाई मात्र ल्याउनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्