कांग्रेसको पुस २७ गतेको बैठक स्थगित

  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको यही पुस २७ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठक स्थगित गरिएको छ। केन्द्रीय समिति बैठक माग ६ गतेका लागि सारिएको हो।

प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको कांग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको राखेको छ।

२५ गतेको प्रदर्शनमा नेताहरु सहभागी हुने भएकाले फर्कन समय लाग्ने भन्दै कांग्रेसले बैठक स्थगित गरेर माघ ६ गतेका लागि डाकेको हो।

२५ गते प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनका लागि जाने नेताहरु माघ ३ गतेको गाउँरनगरपालिकामा विरोध प्रदर्शनपछि मात्र फर्कने भन्दै बैठक ६ गतेका लागि सारिएको हो। कांग्रेसले माघ ८ गते स्थानीय तहका ६ हजार ७४३ वडामा प्रदर्शनको तयारी गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्