प्रदेशसभा विघटन गर्न खोजे द्वन्द्व बिजारोपण हुन्छः यादव

mahendra-ray-yadav
  • 150
    Shares
लोकपाटी न्यूज

कपिलवस्तु। जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादवले सरकारले प्रदेशसभा विघटन गर्न खोजे द्वन्द्व बीजारोपण हुने बताएका छन्।

जसपा कपिलवस्तुले तौलिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा यादवले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले देशलाई भड्खालोमा हालिसकेको बताए। उनले प्रदेश सरकार विघटनले नयाँ द्वन्द्व निम्तिने चेतावनी दिए।

नेता यादवले नेकपाको आन्तरिक कलहले देशमा संकट उत्पन्न भएको प्रतिक्रिया दिए। प्रतिनिधिसभा विघटन असंवैधानिक बताउँदै उनले राष्ट्रपतिको भूमिकाप्रति असन्तुष्टि जनाए। प्रतिनिधिसभा विघटने अराजकता र राजनैतिक अस्थिरतालाई बल पुगेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्