प्रधानमन्त्रीलाई नांगाे खुट्टा बालकाेट पुर्‍याउने याेजना रहेछ

Pradip_Gyawali
  • 51
    Shares
लोकपाटी न्यूज

काठमाडौं। परराष्ट्र मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले संसदीय व्यवस्थामा संसद विघटन गर्नु प्रधानमन्त्रीको विशेष अधिकार रहेको बताएका छन्।

एक अनलाइनसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले विगतको अभ्यास र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा संसद विघटन भएको बताएका हुन्।

उनले जनताले अनुमोदन नगरे जनताबाट दण्डित हुने भन्दै अहिले संसद विघटनको मुद्धा सर्वोच्च अदालतको इजालसमा र त्यसपछि जनताको इजालसमा जाने बताए।

उनले भने, ‘प्रधानमन्त्रीलाई जनता र प्रतिपक्षले नरुचाएको होइन। केही नेताको आत्मकेन्द्रीत सोचले अघि बढ्न सकेन भने प्रधानमन्त्रीले ताजा जनादेश लिन पाइन्छ भन्ने म ठान्छु। सायद संवैधानिक इजलासले कस्तो बेलामा विघटन गर्न पाउने कस्तो अवस्थामा गर्न नपाउने भनेर व्याख्या गर्ला।’

यो संवैधानिक कि असंवैधानिक भन्ने विवादको निरूपण अहिले अदालतमा विचाराधीन रहेको भन्दै उनले अदालतमा विचाराधीन मुद्धामा कसैले पोजिसन बनाउनु उचित नहुने बताए।

ज्ञवालीले भने, ‛यो गम्भीर कदम हो। यसबारेमा मैले क्याबिनेटमा ध्यानाकर्षण गराएको हो। तर जुन ढंगले परिस्थिति विकास भयो, जननिर्वाचित प्रधानमन्त्रीले काम गर्नै नसक्ने अवस्था सिर्जना भयो। उहाँले पदमा निहित अधिकार प्रयोग गर्नुभएको हो। मैले त्यसलाई बाध्यात्मक र अनिवार्य कदमको रूपमा व्याख्या गरेको छु।’

उनले पार्टीका केही नेता कमरेडको कारण पार्टी सामाजिक आर्थिक परिवर्तनको संवाहक बन्न नसकेको बताए।सचिवालयका नेताहरू सरकारलाई सहयोग गर्ने, देश र जनताका जल्दाबल्दा समस्यामा या त बिल्कुल निरपेक्ष रहे या त उनीहरूले जे बहसको विषय बनाएको बताए।

पार्टीभित्रको बाछिटा संसदमा पुग्यो। केही नेता कमरेडले संसदलाई सरकार परिवर्तन र अस्थिरताको थलो बनाए। यो अवस्थामा प्रधानमन्त्रीसँग साह्रै कम विकल्प थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्