भारतको एक अस्पतालमा आगलागी : १० शिशुको मृत्यु

sab-baby-death
  • 7
    Shares
लोकपाटी न्यूज

एजेन्सी। भारतको महाराष्ट्र राज्यको एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार महाराष्ट्र राज्यको भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजातको मृत्यु भएको हो।

मृत्यु भएका शिशुहरु १ देखि ३ महिनाका बीचमा रहेको बताइएको छ। शनिबार बिहान सिक न्युबोर्न केयर युनिटमा आगलागी भएको हो। ७ जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको पीटीआईले जनाएको छ। भण्डारा मुम्बईबाट करिब ७ सय किलोमिटरको दूरीमा छ।

आगलागीपछिको धूवाँले निसास्सिएर शिशुहरुको मृत्यु भएको बताइएको छ। भण्डारा जिल्लाका एसपी वसन्त जाधवका अनुसार घटनाको खबर हुनेबित्तिकै दमकल पुगेको र प्रशासनिक र प्रहरी अधिकारी मिलेर आगो निभाइएको थियो।

घटनाको छानबिन सुरु भएको पनि उनले बताए। अस्पतालका चिकित्सकले टाइम्स अफ इन्डियालाई बताएअनुसार ३–४ जना शिशुको जलेर मृत्यु भएको हो भने बाँकीको अक्सिजन आपूर्ति बन्द भएकाले मृत्यु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्