शनिबार स्वदेश फर्कंदै प्रचण्ड, कस्तो छ सीताको स्वास्थ्य ?

Prachanda
  • 2.8K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्कंदैछन्। पुस २० गते पत्‍नी सीताको उपचारका लागि नेपाल एयरलाइन्सको उडानबाट भारत गएका प्रचण्ड साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ।

अस्वस्थ्य भएपछि भारत लैजानु केही दिनअघि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि सीतालाई पाँच दिन अगाडि भारतको मुम्बई लागिएको हो। उनको साथमा प्रचण्ड, छोरीहरु रेनु र गंगा दाहाल गएका थिए।

सीता विगत लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन्। उनको हाल मुम्बईकै न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार चलिरहेको छ। छोरी गंगा दाहालका अनुसार बिहीबार सीताको स्टेम ट्रान्सप्लान्ट गरिएको थियो। र, उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताइन्। ‘स्वास्थ्यमा सुधार भइरहेको छ, तर जटिल रोग भएकाले पूरै ठिक हुन त समय लाग्ला,’ उनले भनिन्।

यसअघि पनि उनको भारत,अमेरिका, सिंगापुरलगायतका अस्पतालमा उपचार गरिएको थियो। काठमाडौंबाट मुम्बईका लागि सिधा उडान नभएका कारण प्रचण्ड परिवार दिल्ली हुँदै मुम्बई गएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्