पूर्वप्रधानन्यायाधीशहरुको वक्तव्य संविधानको बर्खिलाप छः सूर्य थापा

surya-thapa
  • 169
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थालाले चार पूर्वप्रधानन्यायाधीशहरुको वक्तव्य संविधानको बर्खिलाप रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत थापाले पूर्वप्रधानन्यायाधीशको वक्तव्यले अदालतलाई प्रभावित पार्ने काम भएको बताएका हुन्।

शुक्रवार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद् विघटन गर्ने अधिकार नदिएको स्पष्ट बताएका थिए।

थापाले पूर्व प्रधानन्यायाधीशहरूको असंवैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको बताएका छन्। उनले उक्त वक्तव्य अदालतलाई प्रभावित गर्ने र भिडको निहित चाहनामुताबिक फैसला गर्न प्रेरित र बाध्य गर्ने दुराशयबाट आएको बताएका छन्।

‘चार जना पूर्व प्रधानन्यायाधीशहरूको असंवैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको छ,’ थापाले लेखेका छन्, ‘यसले अदालतलाई प्रभावित गर्ने र भिडको निहित चाहनामुताबिक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूको दुराशय स्पष्ट पारेको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्