देशलाई अस्थिरताबाट जोगाउन मन्त्री बनेको हुँ : मणि थापा

Mani thapa
  • 127
    Shares
लोकपाटी न्यूज

काठमाडौं। खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले पार्टी भित्रबाट प्रधानमन्त्रीमाथि कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले (नेकपा) भित्रबाट प्रधानमन्त्रीलाई हटाएर कू गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका हुन्।

देशलाई कूको बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोजेकाले अब चुनावको विकल्प नभएको बताएका थिए। उनले प्रधानमन्त्री ओलीलाई प्रचण्डले धोका दिएको समेत बताए।

आफूलाई मन्त्री बन्ने कुरा ठूलो नभएको तर देशलाई अस्थिरताबाट जोगाउन मन्त्री बनेको बताए। प्रतिनिधि सभा विघटन सम्बन्धी कदम कानूनी भन्दापनि राजनीतिक निर्णय भएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्