ओलीले प्रधानमन्त्रीको कुर्सिमा पुगेपछि पार्टी बिर्सनु भयो : झलनाथ खनाल

Jhalanath_Khanal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड-नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीलाई विश्वास गरेर प्रधानमन्त्री र अध्यक्ष बनाएपनि चिन्न नसकेको बताएका छन्।

सम्पर्क समन्वय कमिटीले राजधानिको चावहिलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै ओलीलाई चिन्न ढिला भएको बताएका हुन्।

खनालले भने, ‛नेपाल अगाडि बढछ भनेर हामीले कल्पना गरेका थियौं। तर उहाँले प्रधानमन्त्रीको कुर्सिमा पुगेपछि पार्टी बिर्सनु भयो।’

सत्तामा पुगेदेखि नै ओलीले विभिन्न खालका धम्की दिन थालेको भन्दै उनले ओलीका धम्की भन्दा संविधान र त्यसको कार्यन्वयनमा आफूहरुको ध्यान गएको बताए।  ओलीले एमालेको एउटा गुटलाई मात्रै नेतृत्व गरेको उनले आरोप लगाए।

ओलीले बुर्जुवा नीति तथा कार्यक्रम ल्याएर पार्टीमाथि प्रहार गरेको उनले बताए। ओलीले राजनीतिक र संवैधानिक निकायमा आफू अनुकुल नियुक्ति दिएको र ति निकायमा निरंकुशतालाई बढावा दिएको खनालले बताए। सत्तामा केपीले आफ्ना मान्छे र आफ्ना मातहत राखेको भन्दै अनुसन्धान विभागमा पनि त्यस्तै रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्