हाइड्रोजन इन्धन उत्पादन गर्न आयल निगम र केयुबीच सम्झौता

Capture
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयबीच इन्धन र ऊर्जा क्षेत्रको विकासमा आपसी सहकार्य गर्ने सम्झौता भएको छ।

पेट्रोलियम पदार्थ र ऊर्जा क्षेत्रको विकासमा शैक्षिक संस्था र सरकारी निकायबीच सहकार्य वृद्धि गर्ने उद्देश्यसहित शुक्रबार एक कार्यक्रमबीच निगम र केयुबीच एमओयूमा हस्ताक्षर भएको हो।

आयल निगम अहिलेसम्म भारतबाट इन्धन खरिद गरी नेपाली बजारमा बिक्री गर्ने कम्पनीका रूपमा चिनिएको छ। यसको अहिलेसम्मको काम पनि यही नै छ।

एओयूपछि भने केयुको सहयोगमा निगमले नेपालमै इन्धन उत्पादन गर्दै निर्यात गर्नेसम्मको योजना बनाएको छ। विद्युतबाटै इन्धन उत्पादन गर्न सक्ने प्रविधिको विकासमा आयल निगम र केयुबीचको एमओयु महत्वपूर्ण हुन सक्ने देखिन्छ। माथिल्लो तामाकोशीलगायतका जलविद्युत परियोजनाबाट बिजुली उत्पादन भए विद्युत खेर जान सक्ने चर्चा हुँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्