प्रतिनिधि सभा विघटनविरुद्ध अनेरास्ववियू सडक वहसमा उत्रियो

pic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (प्रचण्ड -नेपाल समूह) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शनिबार राजधानीमा सडक वहस कार्यक्रम आयोजना गरेको छ। अनेरास्ववियूको दोस्रो चरणको आन्दोलन अन्तर्गत सडक वहस सञ्चालन गरेको हो।

काठमाडौंको प्रदर्शनीमार्गमा संचालित खुल्ला सडक वहसमा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले ओली सरकार संविधानको धारा ७६  (२) अन्तर्गत वनेकाले उनले कुनै हालतमा प्रतिनिधि सभा विघटन गर्न नसक्ने बताए। श्रेष्ठले ओली सरकार दुई वा सो भन्दा वढि दल मिलेर वनेको हुनाले त्यस्तो प्रधानमन्त्रीले एक्लै संसद विघटन गर्न नसक्ने ठोकुवा गरे।

सडक वहसमा संविधानविद प्रा.डा. चन्द्रकान्त ज्ञावालीले ओलीको कदम जुनसुकै दृष्टिकोणवाट पनि असंवैधानिक रहेको जिकिर गरे। ज्ञावालीले वर्तमान संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको कुनै अधिकार नभएको दावी गरे।

नेपाल वार एसोसिएसनका पूर्वउपाध्यक्ष गोविन्द वन्दीले सर्वोच्चले प्रतिनिधि सभा पुनस् स्थापना गर्ने विश्वास ब्यक्त गर्दै फेरि फेरि त्यस्तो असंवैधानिक कदम नचालियोस् भन्नका लागि आन्दोलन जारी राख्नुपर्ने बताए।

कार्यक्रममा नेकपाकी युवा नेतृ रचना खड्काले प्रधानमन्त्री ओलीको कदम राजनीतिक र संवैधानिक दुवै दृष्टिले घातक रहेको जिकिर गरिन्।

नेकपा अर्का युवा नेता रमेश मल्लले ओलीको कदमले परिवर्तनका उपलब्धि संकटमा पर्न सक्ने बताए। खुल्ला सडक वहस कार्यक्रममा वोल्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले संविधान अनुसार प्रतिनिधि सभा विघटन हुनै नसक्ने हुनाले अवरुद्घ संसद तत्काल शुरु गर्न माग गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्