विशासय सामुदायिक वनको १४ औं वार्षिक साधारण सभा सम्पन्न

pic
  • 25
    Shares
लोकपाटी न्यूज

रमेश भुसाल/ सुनवल, २५ पुस। विशासय सामुदायिक वन उपभोक्ता समूह सुनवल ६ विशासय नवलपरासीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

कार्यबाहक अध्यक्ष तारा देवि थापाको अध्यक्षता तथा सामुदायिक वन उपभोत्ता महासंघ नेपाल पश्चिम नवलपरासीका अध्यक्ष कमल परियारको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो।

सो अवसरमा बोल्दै प्रमुख अतिथि परियारले सामुदायिक वनहरुले विद्यान बमोजिम काम गर्नुपर्नेमा जोड दिए। साथै उनले सामुदायिक वनलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि हाम्रो भन्दा पनि राम्रो र संस्थाले खोजेको व्यक्ति नेतृत्व तहमा भएमा मात्र संस्थाले गति लिन सक्ने बताए।

त्यस्तै वार्षिक साधारण सभामा सुनवल नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष राम प्रसाद लामा तामाङ, सुनवल सब डिभिजन अधिकृत जितेन्द्र सिंह खड्का, विशासय सामुदायिक वनका पूर्वउपाध्यक्ष झविन्द्र खड्का, वर्तमान कार्यसमिती सदस्य मनरुपा पाठक लगायतले मन्तव्य राखेका थिए।

त्यस्तै संस्थको वार्षिक कार्यप्रगति प्रतिवेदन सदस्य कल्पना घिमिरे र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अनिता भट्राईले प्रस्तुत गरेका थिए।

यस्तै, रिक्त अध्यक्षको पदपूर्ति समेत साधारण सभाले गरेको छ। जसमा धन प्रसाद तिवारी अध्यक्ष र विकाश शाहीलाई लेखा समिति संयोजकमा चयन गरिएको सामुदायिक वनका सचिव खगेश्वर भुसालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्