काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ४२८६ नमुना परीक्षण गर्दा १५९ महिला र २०३ पुरुषमा संक्रमण पुष्टि भएको हो।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ। उनीहरुमध्ये २ लाख ५७ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् भने १९१२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।